मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वजेटको असर सुनमा, एकैदिन बढ्यो तोलामै २० हजार

वजेटको असर सुनमा, एकैदिन बढ्यो तोलामै २० हजार

images
२०८३ जेठ १७ गते, आइतवार
२०८३ जेठ १७ गते, आइतवार
  • काठमाडौँ। नेपालमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार भन्दा बढीले वृद्धि भएको छ। सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै बजारमा मूल्य बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दरमा १० प्रतिशत वृद्धि गरेपछि बजारमा असर देखिएको ब्यवसायीहरु बताउँछन्।

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ।, जुन दुई दिनअघि २ लाख ४९ हजार १४० रुपैयाँ थियो।

    यसैगरी बजारमा चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको हो। जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend