मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे जानकारी

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे जानकारी

images
२०८३ जेठ १४ गते, बिहिवार
२०८३ जेठ १४ गते, बिहिवार
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को वजेट बारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

    images

    अर्थमन्त्री वाग्लेले बिहीबार अपराह्न शितल निवास पुगेर राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका हुन्। सो क्रममा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

    images

    भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस भएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गरेका थिए।
      
    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपराह्न ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै छन्। बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend