मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सेकेन्ड ह्यान्ड मोबाइलको कारोवारलाई वजेट मार्फत वैध बनाइयोस : रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोवारलाई वजेट मार्फत वैध बनाइयोस : रमेश घिमिरे

images
२०८३ जेठ १२ गते, मंगलवार
२०८३ जेठ १२ गते, मंगलवार
  • काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले  सेकेण्ड ह्यन्ड मोबाइलको कारोबारलाई वैध बनाउन सरकारसँग आग्रह गरेका छन्।

    images

    अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित `आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा´ विषयक अन्तर्किया कार्यक्रममा घिमिरेले नेपालमा अवैध रुपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको र त्यसले सरकारको राजश्व गुमिरहेको अवस्था रहेको बताए। 

    images

    सरकारले निश्चित राजश्व लिने गरेर कानुन बनाएरै सेकेण्ड ह्यन्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको पैसा नेपालमा नै रहने अवस्था बन्ने र उपभोक्ताको हितमा समेत हुने उनले बताए। विदेशका केही मुलुकमा यो अभ्यास प्रयोगमा रहेको र धेरै नेपालीले मोबाइल स्टोरहरुबाट नै आधिकारिक बिल लिएरै सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्ने गरेको उनले बताए।

    घिमिरेले मोबाइल ब्यवसायीहरु लक अनलकका कारण पनि मारमा पर्ने गरेको गुनासो गरे।

    `मोबाइल बिग्रेर बनाउन हामीकहाँ आइपुग्छ, लक भएको लक खोल्न र पासवर्ड बिर्सेको अवस्थामा पनि मोबाइल हामीकहाँ आइपुग्छ, तर त्यो मोबाइल सम्बन्धित ब्यक्तिको हो वा चोरीको हो हामीलाई जानकारी हुँदैन, अनलक गर्दा ब्यवसायी प्रहरीको खोरमा पुग्ने अवस्था छ, यो अवस्थाको अन्त्य गर्न सरकारले प्रष्ट नीति बनाइदिनु पर्छ, हामी पालना गर्छौं।´ घिमिरेले भने।

    उनले मोबाइल ब्यवसायीहरु डिजीटल पेमेन्टका कारण पनि अप्ठेरोमा पर्ने गरेको गुनासो गरे। अनलाइन भुक्तानी मार्फत मोबाइल विक्री गर्दा पनि प्रहरी प्रसाशनबाट ब्यवसायी फस्ने गरेको उनले सुनाए।

    `मोबाइल खरीद वा बनाउंन आउँदा ग्राहकले अनलाइन पेमेन्ट गर्दा कहिलेकाही ब्यवसायी फस्ने गरेका छन, हामीलाई पेमेन्ट भएको रकम कहाँबाट आएको हो, हामीलाई जानकारी हुँदैन तर त्यो रकम ठगीको परेको अवस्थामा खोजी हुँदा बिनाकारण ब्यवसायी फस्ने गरेका छन्, यो अवस्थाको अन्त्य राज्यले गरेर सहज रुपमा ब्यवसाय गर्ने वातावरण बनाइदिनु पर्छ।´ घिमिरेले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend