मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी सवारी दुर्घटना

साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी सवारी दुर्घटना

images
२०८३ जेठ ११ गते, सोमवार
२०८३ जेठ ११ गते, सोमवार
  • काठमाडौं। नेपाल प्रहरीको एक तथ्यांकले साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको देखाएको छ।

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको २०८३ वैशाख महिनाको तथ्यांकअनुसार बिहान र दिउँसो भन्दा साँझ र रातिका समयमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको देखाएको हो। रातिका समयमा मापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रहरी बताउँछ।

    images

    वैशाख महिनामा सो समयमा ८५९ दुर्घटना भएको प्रहरीको तथ्यांक छ। यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्यांकले देखाएको हो।

    वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ। गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएको पाइएको हो।

    सो अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना हतारमा बाटो काट्नु, ११२ दुर्घटना मादक पदार्थ सेवा तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएको देखिन्छ।

    यो अवधिमा दुर्घटनामा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २३९ जनाको मृत्यु भएको तथ्यांक छ। दुर्घटनामा परी ७५२ जना गम्भीर तथा तीन हजार २२० जना सामान्य घाइते भएका छन्।

    वैशाख महिनामा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने सोबापत रु ११ करोड ८२ लाख ७४ हजार १८९ राजस्व असुली भएको छ। सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३३४ वटा सवारी साधन संलग्न भएका थिए। सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend