मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विहानैदेखि मौसम धुम्म, चार प्रदेशमा हुन सक्छ वर्षा

विहानैदेखि मौसम धुम्म, चार प्रदेशमा हुन सक्छ वर्षा

images
२०८३ जेठ ६ गते, बुधवार
२०८३ जेठ ६ गते, बुधवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशको पहाडी र हिमाली भूभागमा बादल लागेको छ भने मौसम धुम्म देखिएको छ। यस्तै तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल  लाग्ने छ। बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ।

    images

    यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend