मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दाउन्नेमा भासियो सडक, सात सय बढी सवारीसाधन रोकिए

दाउन्नेमा भासियो सडक, सात सय बढी सवारीसाधन रोकिए

नयाँ ट्र्याक खोलिंदै

images
२०८१ आश्विन १९ गते, शनिवार
२०८१ आश्विन १९ गते, शनिवार
  • काठमाडौं। नवलपरासीको दाउन्नेमा पटकपटक पहिरो गएपछि सडक भासिएको छ। पहिरोका कारण दाउन्ने हुँदै पश्चिमतर्फ जाने र नवलपुरतर्फ आउने सात सय भन्दा बढी सवारीसाधन बाटोमा नै रोकिएका छन्।

    images

    नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार दाउन्नेमा बिहान पाँच बजेदेखि पूर्ण रुपमा सडक अवरुद्ध छ। पहिरो गएर सडक अबरुद्ध भएपछि सडक खुलाउने पटकपटकको प्रयास असफल भइरहेको छ। तत्कालका लागि एकतर्फी सडक खुलाउने प्रयाससमेत भैरहेको छ।

    images

    ‘पहिरोका कारण पटकपटक सडक अबरुद्ध भइरहेको छ, सडक खुलाउने प्रयास भइरहेको छ तर खुलेको केहीबेरमा नै पुनः अबरुद्ध हुँदा अवस्था सहज भएन,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सडकको अवस्थाबारे जानकारी दिंदै भनिन्।

    प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम जारी रहेपछि नयाँ ट्र्याक खोलेर सवारी सुचारु गर्ने प्रयास भइरहेको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरोपछि पटकपटक सडक भासिएकाले दाउन्ने आसपास झन्डै सात सय गाडी रोकिएको जानकारी दिए।

    ‘पटकपटक सडक भासिएकाले दाउन्ने आसपास झन्डै सात सय गाडी रोकिएका छन्, अवस्था एकदमै नाजुक छ, तर पनि विकल्प खोज्ने प्रयास स्थानीय प्रसासनबाट भइरहेको छ,’ सिटौलाले एक्सरे नेपालसँग भने।

    उनले देशका विभिन्न स्थानमा सडकको अवस्था बिग्रिएको र नयाँ सडक प्रयोग गरेर सवारीसाधन चलाउनु पर्ने अवस्था आएकाले ध्यान पुर्याएर सवारी चलाउन पनि सवारी चालकहरुलाई आग्रह गरेका छन् ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend