मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्षमा घिमिरे महासचिवमा आचार्य, अन्य पदमा कोको?

नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्षमा घिमिरे महासचिवमा आचार्य, अन्य पदमा कोको?

images
२०८३ जेठ ३ गते, आइतवार
२०८३ जेठ ३ गते, आइतवार
  • काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन्। 

    images

    महासंघको तेस्रो महाधिवेशन अन्तर्गत आइतबार काठमाडौमा सम्पन्न तेस्रो महाधिवेशन तथा पाचौं साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन्।

    images

    निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार अन्य पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा डिल्ली बहादुर तामाङ, ७ उपाध्यक्ष तर्फ उदय बहादुर केसी, दिल बहादुर लामा, सुवास बम, दिपक पाण्डे, दिपक बाबू बोगटी, बद्री कुँवर, शुरेस बानियाँ निर्वाचित भएका छन्।

    यसैगरी महासचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ, ४ सचिवमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की छन्। यस्तै सहकोषाध्यक्षमा रुद्रमणी धिताल चुनिएका छन्।

    महासचिवमा निर्वाचित आचार्य एक्सरे नेपाल डटकमका कार्यकारी प्रमुख समेत हुन्। 

    केन्द्रीय सदस्यहरू तर्फ नवराज चौलागाईं, शेष नारायण शर्मा, हिमाअ लम्साल, मुकुन्द सत्याल, लोकेन्द्र बुढाथोकी, विवेक बाध्यकार, सिताराम तिमल्सिना, दिल बहादुर तामाङ, भगत बहादुर रावल, यादव सुवेदी, दिपेन्द्र प्रदास अवस्थी, शिव प्रसाद खतिवडा, रुजन श्रेष्ठ, दिपक कुमार ओझा, कविन्द्र अधिकारी, मिलन स्याङ्तान, सन्तोष थापा, हरी प्रसाद पौडेल, चिन्तामणी खरेल, केशव खनाल, चन्द्र प्रसाद न्यौपाने, टेक बहादुर थापा, गणेश बहादुर बोगटी, राजु सिंह टुकरीया निर्वाचित भएका छन्।

    नवनिर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेको महासचिव छतेन्द्र आचार्यले जानकारी दिए। महाधिवेशनमा ७ उपाध्यक्ष र कोषाध्यक्ष तथा सहकोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो। अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य भने निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौ आएका थिए।

    तस्वीरहरु:

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend