काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाचौँ साधारणसभा आजबाट सुरु हुँदैछ।
भक्तपुरको कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा आज पहिलो दिन बन्दशत्र हुँदैछ भने भोलि काठमाडौँको राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ।
महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौँ आइपुगेको जानकारी दिए। प्रतिनिधिहरु अहिले धमाधम कार्यक्रम स्थल पुग्दै गरेको भट्टराईले बताए।
महासंघका महासचिव सन्तोष घिमिरेले महासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको बताए। घिमिरेका अनुसार देशभर महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्य छन्।
महाधिवेशनबाट कुल ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। पदाधिकारीकारी तर्फ विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने ब्यवस्था छ।
यसैगरी केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १/१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्ष द्वारा मनोनीत ५ जना (समावेशीताका आधारमा) कार्यसमितिमा रहने ब्यवस्था छ।



