हेटौंडा। मकवानपुरको हेटौंडामा चितवन मेडिकल कलेजको नयाँ अस्पताल निर्माण हुने भएको छ।
चितवनको भरतपुरमा रहेको मेडिकल कलेजले ‘सीएमसी हेटौंडा’ नाममा हेटौंडामा २ अर्ब लगानीमा नयाँ अस्पताल निर्माण थालेको हो। सो अस्पतालको मंगलबार शिलान्यास गरिएको छ।
सो अस्पताल हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा बन्नेछ। नयाँ अस्पताल करिब २ अर्ब लगानीमा एक वर्षभित्र बन्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले जानकारी दिए।
उनका अनुसार १९ कठ्ठा जग्गामा बन्ने अस्पताल एक सय शय्याको हुनेछ। राजमार्गसँगै जोडिएको अस्पतालमा आकस्मिक कक्ष, सिटी स्क्यान, आइसीयू, एनआईसीयू, पीआईसीयू, मोडुलर ओटी, क्याथ ल्याबसहित सुपरस्पेसलिष्ट सेवा सञ्चालन गरिने अध्यक्ष देवकोटाले जानकारी दिए।



