काठमाडौं। आज दिउँसो र राति सातवटा जिल्लामा तीव्र हावाहुरी चल्नसक्ने भन्दै माैसम विभागले सतर्क गराएकाे छ।
विभागकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले कपिलवस्तु, रुपन्देही, दाङ र बाँकेमा आज दिउँसो तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाे जनाएको छ।
यस्तै आज राति यी दुईसहित बारा, पर्सा, राैतहट र आसपासमा यस्ताे सम्भावना देखिएकाे छ। तीव्र हावाहुरी आउनसक्ने जिल्ला र आसपासका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ। ताप्लेजुङ, जिरी र जाेमसाेममा भने पानी पर्ने सम्भावना उच्च रहेकाे विभागकाे पूर्वानुमान छ।



