मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

images
२०८३ बैशाख २२ गते, मंगलवार
२०८३ बैशाख २२ गते, मंगलवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ। कोशी र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई भू-भागमा आंशिक बादल लागेको छ। यस्तै सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ।

    images

    आज दिउँसो देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

    यसैगरी आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। 

    कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend