मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

केही स्थानमा मध्यम, केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा मध्यम, केही स्थानमा भारी वर्षाको सम्भावना

images
२०८३ बैशाख २१ गते, सोमवार
२०८३ बैशाख २१ गते, सोमवार
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ।

    images

    विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

    images

    यसैगरी सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

    यस्तै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि  सम्भावना रहेको विभागको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend