मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार महासंघको र्‍याली

विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार महासंघको र्‍याली

images
२०८३ बैशाख २० गते, आइतवार
२०८३ बैशाख २० गते, आइतवार
  • काठमाडौँ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले माइतीघर मण्डलाबाट बानेश्वरसम्म ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ।

    images

    ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित र्‍यालीको आयोजना गरिएको हो।

    images

    पछिल्लो समय सरकारले संचार माध्यम नियन्त्रणमुखी नीति लिएपछि पत्रकार महासंघले निरन्तर आन्दोलन गर्दै आइरहेको छ। आजको र्‍यालीमा नेपाल बार एसोसिएसन, नेपाल मानव अधिकार आयोग लगायतका संघ संस्थालेसमेत एक्यवद्धता जनाएका छन्।

    र्‍यालीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, फोनिज, लगायतका संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुसमेत सहभागी थिए भने ठूलो संख्यामा  पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend