सौराहा। नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभा चितवनको सौराहमा सुरुभएको छ।
साधारणसभाको शनिबार केन्द्रीय उपाध्यक्ष रमेश कुमार घिमिरेले उद्घाटन गरेका छन्। साधारणसभामा महासंघको बागमती प्रदेशका कार्यसमिति, १३ जिल्लाका जिल्ला नेतृत्व र कार्यसमिति सदस्य सहभागी रहेका छन्।
साधारणसभामार्फत ब्यवसायीका मुद्दालाई एकीकृत गर्दै केन्द्रीय समितिसमक्ष बुझाइने प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए।
साधारणसभामा प्रदेश भित्रका ब्यवसायीले भोग्दै आएका समस्यालाई साझा गर्ने र सहकार्यका साथ अघि बढ्ने लक्ष्य लिइएको अध्यक्ष रिजालले जानकारी दिए।




