मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्दै रास्वपा

विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्दै रास्वपा

images
२०८३ बैशाख १० गते, बिहिवार
२०८३ बैशाख १० गते, बिहिवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई पार्टीसँग जोड्न अभियान संचालन गर्ने भएको छ।

    images

    विभिन्न कामका शिलशिलामा विदेश पुगेका १० लाख नेपालीलाई लक्षित गर्दै रास्वपाले पार्टीसँग जोड्नका लागि  अभियान नै चलाउन लागेको हो।

    images

    रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।

    विभागले प्रवास सदस्यता विस्तार अभियान नाममार्फत यो अभियान सञ्चालन गर्न लागेको हो। जसमार्फत आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएका हो।

    त्यसैगरी, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न प्रोफाइल बैंक स्थापना गर्ने योजना पनि रास्वपाको छ।

    विभागले नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, विदेशमा हासिल गरिएका सीपहरूको उपयोग गर्ने, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास गर्ने र स्वदेश फर्कन लगानीकर्तालाई मार्गदर्शन प्रदान गर्ने लक्ष्य लिएको छ।

    प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend