मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कस्तो होला आजको मौसम?

कस्तो होला आजको मौसम?

images
२०८३ बैशाख ९ गते, बुधवार
२०८३ बैशाख ९ गते, बुधवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ। यस्तै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।

    images

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ महाशाखाले जनाएको छ। बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    आज कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाकाले जनाएको छ।

    यस्तै मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना छ।

    आज राती कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend