काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज साँढे तीन बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक अहिले बसिरहेको छ। बैठकमा सरकारका काम कार्वाही बारे छलफल भएको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बस्नु अघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।
आजको मन्त्रिपरिषद् बैठकबाट केही महत्त्वपूर्ण निर्णय हुने बताइन्छ।



