मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कस्तो होला आजको मौसम?

कस्तो होला आजको मौसम?

images
२०८३ बैशाख ६ गते, आइतवार
२०८३ बैशाख ६ गते, आइतवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    जसको प्रभावले आज बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लागेको छ। मधेस र कोशीको तराई भूभागमा आंशिक बादल लागेको।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

    यसैगरी कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा गर्मी बढ्ने र तातो दिन हुने सम्भावना रहेको छ।

    यस्तै आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend