मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यी प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षा अनुमान, तराईमा गर्मी बढ्ने

यी प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षा अनुमान, तराईमा गर्मी बढ्ने

images
२०८३ बैशाख ४ गते, शुक्रवार
२०८३ बैशाख ४ गते, शुक्रवार
  • काठमाडौँ। हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ।

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ। कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।

    त्यसैगरी, आज राति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ।

    देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend