मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजबाट फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो?

आजबाट फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो?

images
२०८३ बैशाख ३ गते, बिहिवार
२०८३ बैशाख ३ गते, बिहिवार
  • काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमल्र डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।

    images

    निगमका अनुसार बढेको मूल्य वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने छ। भारतबाट नयाँ मूल्य आएपछि मुल्य समायोजन गरिएको निगमले भनेको छ।

    images

    निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले नै वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने हाल यथावत् राखिएको छ।

    समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ।

    त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ तोकिएको छ।

    यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend