मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस महामन्त्री पौडेलले गरे नयाँ वर्ष २०८३ का लागि चार संकल्प

कांग्रेस महामन्त्री पौडेलले गरे नयाँ वर्ष २०८३ का लागि चार संकल्प

images
२०८३ बैशाख १ गते, मंगलवार
२०८३ बैशाख १ गते, मंगलवार
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्ष २०८३ मा पार्टीलाई सुदृढीकरण गर्दै आधुनिक बनाउनेदेखि युवालाई उद्यमशीलतामा जोड्ने तथा भ्रष्टाचार नियन्त्रण र सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुनेसम्मका चार संकल्प गरेका छन्।

    images

    मुलुकको बदलिँदो परिस्थिति र नागरिकका अपेक्षाहरूलाई आत्मसात् गर्दै नयाँ वर्ष २०८३ का लागि फेसबुकमार्फत महामन्त्री पौडेलले मंगलबार चार संकल्प मार्फत आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।

    images

    पौडेलले पार्टीभित्रका हरेक मतभेदलाई संवादमार्फत हल गर्दै काङ्ग्रेसलाई विधि र पद्धतिमा चल्ने एकताबद्ध, आधुनिक र प्रविधिमैत्री पार्टी बनाउन तथा नयाँ पुस्ताका नवीन सपना र विचारलाई पार्टीको मूल प्रवाहमा जोड्न निरन्तर सक्रिय रहने संकल्प गरे।

    यसैगरी ज्ञानमा आधारित अर्थतन्त्र र युवा उद्यमशीलतालाई राष्ट्रिय बहसको मुख्य एजेन्डा बनाउँदै, युवा जनशक्तिलाई स्वदेशमै मर्यादित अवसर सिर्जना गर्ने ठोस नीतिगत नेतृत्व र कार्यान्वयनका लागि क्रियाशील रहने पनि संकल्प गरेका छन्।

    यस्तै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्दै राजनीतिलाई जनसेवा र सदाचारको मार्गमा डोहोर्‍याउन तथा आम जनसरोकारका विषय, महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवा जस्ता सवालमा परिणाममुखी र संरचनात्मक सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने पनि उनको तेस्रो संकल्पमा उल्लेख छ।

    महामन्त्री पौडेलले चौंथो सकल्पमा मुलुकको दीर्घकालीन हित, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका साथै अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलित विकासका लागि सबै राजनीतिक दलहरूबीच न्यूनतम साझा सहमति निर्माण गर्न जिम्मेवार र समन्वयकारी भूमिका खेल्ने पनि उल्लेख गरेका छन्।

    पौडेलले नयाँ वर्ष २०८३ ले सबैमा राष्ट्र निर्माणका लागि नयाँ ऊर्जा, सहमति र सहकार्यका लागि प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend