मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरलाई स्वास्थ्यको `हब´ बनाउँदै छौं : बागमती प्रदेश स्वास्थ्य मन्त्री

भक्तपुरलाई स्वास्थ्यको `हब´ बनाउँदै छौं : बागमती प्रदेश स्वास्थ्य मन्त्री

images
२०८२ चैत्र २७ गते, शुक्रवार
२०८२ चैत्र २७ गते, शुक्रवार
  • भक्तपुर। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको `हब´ बनाउन आफूसहितका जनप्रतिनिधि लागिपरेको बताएका छन्।

    images

    नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर बिहीबारदेखि सुरु दशौं भक्तपुर औद्योगिक सांस्कृतिक , पर्यटन, कृषि तथा ब्यापार महोत्सव २०८२-८३ को सल्लाघारीस्थित तीनकुने मैदानमा उद्घाटन गर्दै थापाले भक्तपुरलाई स्वास्थ्य उपचारका लागि अब्बल बनाउने प्रयास जारी भइरहेको बताए।

    images

    `यहाँ भएका सरकारी, निजी, नगर अस्पतालको स्तरोन्नति गर्ने तर्फ हामी लागि रहेका छौं, न्युरो र कार्डियोको उपचार भक्तपुर अस्पतालमा यो वर्ष भित्रै सुरु गर्ने गरेर तयारी भएको छ, मानवअंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल तथा क्षयरोग केन्द्र समेत भक्तपुरमा नै रहेको छ, भक्तपुरलाई स्वास्थ्य उपचारको हब बनाउने गरेर हामी जनप्रतिनिधि, राजनीतिक दलहरू लागिपरेका छौं।´ बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाले भने।

    भक्तपुर जिल्लामा ७७ वटै जिल्लाका मानिसहरूको बसोवास रहेको भन्दै उनले पर्यटकीय स्थलहरु पर्याप्त भएको जिल्ला भक्तपुर रहेको बताए।

    देशकै सबै भन्दा सानो जिल्ला भएर पनि कला संस्कृतिले भरीपुर्ण जिल्ला भक्तपुर भएको भन्दै उनले भक्तपुरमा थप आन्तरिक र बाह्य पर्यटक ल्याउन सबै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने बताए।

    महोत्सव आयोजक समितिका संयोजक दिपक थापाले महोत्सवमार्फत स्थानीय कला संस्कृति तथा उत्पादनलाई जोड्ने लक्ष्य लिइएको बताए। उनले दशौं संस्करणसम्म महोत्सवलाई ल्याइपुर्याउनु चुनौतीसँगै जिम्मेवारी पनि भएको बताए।

    भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै थापाले महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताए।

    थापाले अघिल्ला संस्करणमा जस्तै यो यो पटक पनि महोत्सवमा सबैको साथ पाउने अपेक्षा गरिएको बताउँदै सबैलाई महोत्सवको अवलोकनका लागि आग्रह गरे।

    औद्योगिक शान्ति नेपाल संस्था तथा मध्यपुर ब्याइज ब्यान्डको आयोजनामा सुरु दशौं भक्तपुर औद्योगिक सांस्कृतिक , पर्यटन, कृषि तथा ब्यापार महोत्सव २०८२-८३ चैत २६ गते सुरुभएर २०८३ बैशाख ६ गते समापन हुने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend