मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मतदाता नामावली संकलन आजबाट सुरु हुँदै

मतदाता नामावली संकलन आजबाट सुरु हुँदै

images
२०८२ चैत्र २२ गते, आइतवार
२०८२ चैत्र २२ गते, आइतवार
  • काठमाडौँ। फोटो सहितको मतदाता नामावली संकलन आजबाट सुरु हुँदैछ।

    images

    प्रनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यसअघि गत मंसिर ६ गतेदेखि स्थगित गरेको नामावली संकलन पुन: आजदेखि सुरु गर्न लागेको हो। आयोगको चैत १८ गते बसेको पदाधिकारी बैठकमार्फत नामावली संकलनको कामलाई अघि बढाउने निर्णय गरेको थियो।

    images

    आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आजबाट नामावली संकलन पुनः सञ्चालन गर्न लागिएको जानकारी दिए।

    उनका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूले भने आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्ने छ। त्यस्ता ब्यक्तिहरुले आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण दिन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

    मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

    नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ। आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend