काठमाडौँ। ट्राफिक प्रहरीले मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारीसाधनलाई कारवाही गरेको छ।
बुधबार चेकजाँचका क्रममा ट्राफिक प्रहरीले काठमाडौंको थानकोट सडक खण्डमा सवारीसाधनमा प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारीसाधन कारवाहीमा परेका हुन्।
वातावरण विभाग बबरमहल र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौंको थानकोट सडक खण्डमा ५३ वटा सवारी साधनलाई चेकजाँच गरेको थियो।
सो क्रममा विभाग र ट्राफिकको टोलीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्ने तर्फ सचेत गराएका थिए। जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा राख्न आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ।



