मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संसद संचालनको तयारी, सिंहदरबारमा सर्वदलीय बैठक

संसद संचालनको तयारी, सिंहदरबारमा सर्वदलीय बैठक

images
२०८२ चैत्र १८ गते, बुधवार
२०८२ चैत्र १८ गते, बुधवार
  • काठमाडौँ। प्रतिनिधि सभाको बैठक संचालनको विषयमा छलफल गर्न संसद सचिवालयले बोलाएको सर्वदलीय बैठक अहिले जारी छ।

    images

    सङ्घीय संसद् सचिवालयको आह्वानमा डाकिएको बैठक अहिले सिंहदरबारमा जारी रहेको हो। बैठकमा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय दल बनेका ६ वटा राजनीतिक दलका प्रतिनिधि र सरकारका प्रतिनिधि सहभागी छन्।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले (भोलि) बिहीबार अपरान्ह २ बजेका लागि सङ्घीय संसद्को बैठक आह्वान गरेका थिए। सो बैठकको तयारीका विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको हो।

    बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसमेत सहभागी छन्। यसैगरी, कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री सोविता गौतम पनि सहभागी छन्।

    नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्ने छ। सङ्घीय संसद्‌को प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend