मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको कडा चेतावनी : मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको कडा चेतावनी : मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • काठमाडौँ। सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाइएका कार्यालयमा जान नमान्ने कर्मचारीलाई कडा चेतावनी दिएको छ।

    images

    मन्त्रालयले त्यस्ता कर्मचारीलाई काम गर्न खटाइएका ठाउँमा जान असहज भए मार्ग प्रशस्त गर्न चेतावनी दिएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार मात्रै ६ जना सहसचिवको सरुवा गरेको छ।

    images

    यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कडा चेतावनी दिंदै मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन्।

    मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ।' 

    मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ।

    अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend