काठमाडौँ। मंगलबार बिहानै पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल जिम्मा जमानीमा छुटेका छन्।
गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा काठमाडौं जिल्लाको सिडिओ रहेका रिजालले सो प्रदर्शनमा दमन गर्न आदेश दिएको भन्दै जाँचबुझ आयोगले कार्वाही सिफारिस गरेको दाबी गर्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
तर, प्रहरीले उनलाई आयोगको प्रतिवेदन बारे सोधपुछ र अन्य कागजी प्रक्रिया पुरा गरेर आवश्यक परेको अवस्थामा उपस्थित हुने शर्तमा जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
`तत्कालीन सिडिओ रिजाललाई आयोगको प्रतिवेदन बारे सोधपुछ र अन्य कागजी प्रक्रिया पुरा गरेर आवश्यक परेको अवस्थामा उपस्थित हुने शर्तमा जिम्मा जमानीमा छाडिएको छ।´ एसपी भट्टराईले भने।



