काठमाडौँ। यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ।
सेवाग्राहीसँग अनुचित लेनदेन गर्ने तथा अनावश्यक दुःख दिँदै सेवा प्रक्रियामा अवरोध पुर्याउने १५ जना बिचौलियालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सातदोबाटो प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले एकान्तकुनाको यातायात कार्यालयबाट उनीहरूलाई पक्राउ गरिएको हो।
एकान्तकुना यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी,सास्ती र अवरोध सिर्जना गर्ने १५ जना बिचौलियाहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले भनेको छ।
यातायात ब्यवस्था कार्यालयहरुमा बिचौलीयाको बिगबिगी बढ्दा सेवाग्राहीहरु ठगिंदै आइरहेका छन्।



