काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीले लगेको म्याद थपको निवेदनमाथिको बहस सकिएको छ।
प्रहरीले ओली र लेखकलाई म्याद थप गरेर अनुसन्धान गर्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा निवेदन लगेको थियो। सो निवेदनको न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो।
दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ। यसबारे केही बेरमा आदेश आउनेछ।
जिल्ला अदालतमा सुनुवाइका क्रममा ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट उपस्थित गराइएको थियो भने लेखकलाई प्रहरीले आदलतमै पुर्याएको थियो।



