बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

निवर्तमान प्रधानमन्त्री शुशिला कार्कीको बालेनलाई अंकमालसहित बधाईं : अनि के भनिन्?

निवर्तमान प्रधानमन्त्री शुशिला कार्कीको बालेनलाई अंकमालसहित बधाईं : अनि के भनिन्?

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौँ। आज मात्रै निवर्तमान प्रधानमन्त्री भएकी शुशिला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्। कार्कीले जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् भन्दै शाहलाई बधाई दिएकी हुन्।

    images

    निवर्तमान प्रधानमन्त्री कार्कीले नवनियुक्त प्रधानमन्त्री शाहलाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा आफू हर्षित भएको भनेकी छन्।

    images

    उनले सामाजिक संजाल फेसबुकमार्फत शाहलाई प्रधानमन्त्री बनेकोमा बधाईँ तथा शुभकामना  दिएकी हुन्।

    `नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।´

    कार्कीले आफ्नो फेसबुकमा शाहसँग अंकमाल गरेको फोटोसमेत राखेकी छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend