बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बालेन नेतृत्वको सरकारका १५ मन्त्री कोको?

बालेन नेतृत्वको सरकारका १५ मन्त्री कोको?

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकार १५ सदस्यीय बनेको छ।

    images

    प्रधानमन्त्रीका रूपमा बालेनले पद तथा गोपनीयताको शपथ लिए लगत्तै १५ जना नवनियुक्तमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइएको हो।

    images

    प्रधानमन्त्री बालेन नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल छन्।

    यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन र वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगार मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त १५ जना मन्त्रीले शपथ लिएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend