काठमाडौँ। प्रतिनिधि सभामा नव निर्वाचित २७४ जना सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरि २७५ जना सदस्य निर्वाचित भएका छन्।
प्रतिनिधि सभामा निर्वाचित जेष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सदस्यलाई सपथ गराएका हुन्। केसीले बुधबार नै पद तथा गोपनियताको शपथ लिएका थिए।
शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा भएको हो।



