बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

आज यी प्रदेशमा पर्न सक्छ चट्याङ्गसहित पानी

आज यी प्रदेशमा पर्न सक्छ चट्याङ्गसहित पानी

images
२०८२ चैत्र १२ गते, बिहिवार
२०८२ चैत्र १२ गते, बिहिवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ।

    images

    यस्तै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ। 

    images

    आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ महाशाखाले जनाएको छ। यस्तै पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।  

    यसैगरी आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ।

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend