बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कांग्रेस १५ औं महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा

कांग्रेस १५ औं महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा

images
२०८२ चैत्र ११ गते, बुधवार
२०८२ चैत्र ११ गते, बुधवार
  • काठमाडौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते काठमाडौंमा हुने तय भएको छ।

    images

    बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यसअघि प्रस्तावित मितिलाई संशोधन गर्दै नयाँ मिति केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको हो।

    images

    कांग्रेस केन्द्रीय सदस्य अजबाबु शिवाकोटीका अनुसार अब नेपाली कांग्रेसको १५ओै महाधिवेशन कार्यतालिका अन्तर्गत जनसम्पर्क समितिको अधिवेशन २०८३ श्रावण मसान्त भित्र सम्पन्न हुनेछ।

    यसैगरी वडा अधिवेशन - २०८३ भाद्र २ गते, गाउँ/नगर अधिवेशन- २०८३ भाद्र ७ गते, प्रदेश क्षेत्रिय अधिवेशन - २०८३ भाद्र १७ गते, क्षेत्रिय अधिवेशन - २०८३ भाद्र २४ गते, जिल्ला अधिवेशन - २०८३ असोज २ र ३ गते गर्ने गरि मिति तय भएको हो।

    यस्तै प्रदेश अधिवेशन -२०८३ असोज ७ र ८ गते तथा केन्द्रीय महाधिवेशन - २०८३ असोज १६,१७,१८ र १९ गते काठमाडौंमा गर्ने केन्द्रीय समिति बैठकले तय गरेको हो।

    यसअघि मंगलबार (हिजो) नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको थियो।

    बैठकमा प्रस्ताव पेश हुँदा देशैभरका ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति प्रस्तावित थियो।

    यसैगरी जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि प्रस्ताव गरिएको थियो भने प्रदेश अधिवेशन भदौ १५ र १६ गतेका लागि प्रस्ताव गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend