मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सार्वजनिक यातायातको भाडा बढ्न लागेको हो?

सार्वजनिक यातायातको भाडा बढ्न लागेको हो?

images
२०८२ चैत्र ११ गते, बुधवार
२०८२ चैत्र ११ गते, बुधवार
  • काठमाडौँ। मध्यपुर्वका देशमा भएको तनावको असर अब नेपाली सडकमा यात्रा गर्ने यात्रुहरुले पनि भोग्ने भएका छन्।

    images

    मध्यपुर्वका देशमा जारी तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भइसकेको छ। त्यसैको असर स्वरूप अब सार्वजनिक यातायात र मालवाहक यातायातका साधनको पनि भाडा बढ्ने भएको हो।

    images

    यातायात ब्यवस्था विभागले २०६५ सालदेखि लागू गर्दै आएको विभिन्न १३ सुचकलाई आधार मानेर भाडा वृद्धि गर्ने विषयमा आवश्यक छलफल गर्दै माथिल्लो निकायमा सिफारिस समेत गरिसकेको छ।

    विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो।

    विभागले गरेको सिफारिसमा २०७२ सालदेखि भाडा समायोजन नभएकोसमेत उल्लेख गरेको छ।

    नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार गर्दै मन्त्रालयलाई सिफारिस पठाएको हो। विभागले ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर सो सिफारिस गरिएको जनाएको छ।

    विभागको सिफारिस अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११.३३ प्रतिशत भाडा वृद्धिको प्रस्ताव गरिएको छ।

    यसैगरी मालवाहक सवारीसाधनका हकमा पहाडी बाटोका लागि १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनका लागि  ८.८१ प्रतिशत भाडा वृद्धिको प्रस्ताव गरिएको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाएको हो।

    महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले घाटा सहेर यातायात ब्यवसायीले ब्यवसाय चलाइरहेको भन्दै बिभागको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

    महासङ्घले बुधबार एक विज्ञप्तिमार्फत सरकारले बिभागको सो सिफारिस कार्यान्वयन नगरे ब्यवसायीहरु सेवा बन्द गर्ने वा विभागले गरेको सिफारिसका आधारमा स्वघोषणा गरि भाडा बढाउन बाध्य हुने चेतावनी दिएको छ।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend