काठमाडौँ। प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिंदैछन।
आज सवा ११ बजे प्रतिनिधि सभाका जेष्ठ सदस्य रहेका केसीले शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। शपथ राष्ट्रपति भवन, शीतल निवासमा हुनेछ।
राष्ट्रपति कार्यालयले सो समयमा सपथको तयारी गरिएको ब्यहोरासहितको पत्र गत आइतबार नै संघीय संसदका महासचिवलाई पठाउँदै उपस्थितिका लागि आग्रह गरेको थियो।
जेष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिएपछि भोलि बिहीबार बाँकी सदस्यहरूको शपथ हुने छ।
जेष्ठ सदस्य केसीले अन्य सदस्यहरूलाई शपथ गराउने छन्।




