बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

क्षयरोग दिवसका अवसरमा नर्भिक हस्पिटलमा विशेष छुटसहितको प्याकेज

क्षयरोग दिवसका अवसरमा नर्भिक हस्पिटलमा विशेष छुटसहितको प्याकेज

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ।

    images

    हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा २४ मार्चदेखि ३० मार्चसम्म एक साताका लागि ३० प्रतिशत छुटसहितको प्याकेज सञ्चालनमा ल्याएको हो।

    images

    जसअन्तर्गत प्याकेजमा विशेषज्ञ चिकित्सकको परामर्शसहित १५ प्रकारका परीक्षणहरु उपलब्ध हुनेछन् । नर्भिकले ३० प्रतिशत छुटसहित १० हजार ५ सय ७५ रुपैयाँको प्याकेज ल्याएको हो।

    उक्त प्याकेजमा चिकित्सकको परामर्शसँगै सीबीसी, एसजीओटी, एसजीपीटी, क्रिएटिनिन, युरिन रुटिन टेस्ट, छातीको एक्स–रे, इसीजी, इको जाँच, पेट र पेल्भिसको अल्ट्रासाउन्ड, टीएसएच, युरिक एसिड, सुगर, लिपिड प्रोफाइल र पीएफटी परीक्षण तथा जाँचहरु समावेश छन्। 

    प्याकेजका सेवा लिनका लागि अस्पतालको ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य जाँच तथा परीक्षण सेवामा छुटसहितको प्याकेज सञ्चालन गर्दै आएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend