मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त : ५८ जना दीक्षित

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त : ५८ जना दीक्षित

images
२०८१ कार्तिक २८ गते, बुधवार
२०८१ कार्तिक २८ गते, बुधवार
  • सुर्खेत। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित भएका छन।

    images

    प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल कर्णाली पुगेका हुन।

    images

    दीक्षान्त समारोहमा १३ जना बीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानले जनाएको छ।

    प्रतिष्ठानको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा विदेशमा समेत हुने गरेको बताए।

    उनले प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सरकार तयार रहेको समेत बताए।

    ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्त्व धेरै छ, अहिले विदेशमा समेत यसको चर्चा हुने गरेको छ, कर्णाली अगाडि बढ्दै छ।´ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने।

    प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई आवश्यक पर्ने गुणस्तरीय सेवा सुविधा दिन सरकार प्रतिबद्ध रहेको भन्दै कर्णालीको जनताको स्वास्थ्य सुरक्षामा प्रतिष्ठानलाई बलियो बनाउनु पर्ने बताए।

    स्वास्थ्यमन्त्री पौडेलले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानलाई थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए । सो क्रममा उनले सरकारले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागेकोसमेत बताए।

    `प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ, मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ, तपाइँहरु थप जिम्मेवारीका साथ उच्च मनोबल लिएर काम गर्नुहोला,´ मन्त्री पौडेलले भने।

    समारोहमा जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद ज्ञानेन्द्र शाहीसमेत सहभागी थिए। शाहीले समारोहमा प्रधानमन्त्री ओलीलाई कर्णालीको विकासबारे १० बुँदे माग पत्र बुझाएका छन्। 

    संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्राडा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि थिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend