बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

प्रधानमन्त्रीले वालुवाटारबाट सार्न थालिन् आफ्ना निजी सामान, १३ गते घर सर्ने

प्रधानमन्त्रीले वालुवाटारबाट सार्न थालिन् आफ्ना निजी सामान, १३ गते घर सर्ने

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौं। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी सुशीला कार्कीले प्रधानमन्त्रीको सरकारी निवास छाड्ने तयारी गरेकी छिन्।

    images

    प्रतिनिधि सभाको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेर जिम्मेवारी पूरा गर्दै उनी अब वालुवाटारबाट बिदा हुँदै छिन्। निर्वाचनपछि अहिले नयाँ सरकार गठनको तयारी भइरहेको छ। नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण यही चैत १३ गतेका लागि तय भएको छ। शपथ ग्रहण सम्पन्न भएसँगै उनी स्वतः पदमुक्त हुने छिन्।

    images

    नयाँ प्रधानमन्त्रीले शपथ गरेसँगै उनी शीतल निवासबाट त्यही दिन आफ्नो निजि निवास धापासी जाने छिन्। प्रधानमन्त्री कार्कीले आफू बिदा हुने दिन नजिकिंदै गर्दा आफ्ना निजी सामानहरु निजी निवास पठाइरहेकी हुन्।

    प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार १३ गतेसम्म बसाइ रहने भएकाले दैनिक प्रयोगका केही सामान भने बालुवाटारमै रहनेछन्, अन्य सामान भने क्रमशः सारिँदैछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend