मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कुलमानले भने : वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना गर्न सकिँदैन

कुलमानले भने : वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना गर्न सकिँदैन

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौँ। उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना गर्न नसकिने भन्दै आफू विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गरेका छन्।

    images

    नयाँ बन्ने सरकारमा मन्त्री बन्ने भन्दै घिसिङको नाम जोडेर केही संचारमाध्यम र सामाजिक संजालमा चर्चा हुँदै गर्दा  उनले सो बारे प्रष्ट पारेका हुन्।

    images

    उनले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने भनेका छन्।

    यस्तै सरकारमा सहभागिताबारे अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको पनि उनले प्रष्ट पारेका छन्।

    `नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु। जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन। यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु। हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।´ घिसिङले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो प्रष्ट धारणा सार्वजनिक गर्दै भनेका छन्।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend