मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुँदै, मन्त्रीपरिषद्ले निर्णय गर्ने

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुँदै, मन्त्रीपरिषद्ले निर्णय गर्ने

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौँ। सरकारले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ।

    images

    पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढेपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको हो। यो विषयमा सरकारले सरोकारवाला निकायसँग राय लिइरहेको छ।

    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्ने गरी सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा संचालन गर्न भन्दै यातायात ब्यवसायीसँग पनि छलफल गरेको छ। यस्तै यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरिसकेको छ।

    सबै सरोकारवालासँगको छलफलपछि सरकारले मन्त्रीपरिषद बैठकमार्फत सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्नेबारे निर्णय गर्ने भएको हो। 

    पश्चिम एसियाली मुलुकमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगिसकेको छ। त्यसको असरका कारण नेपालमा पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

    इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गत साता पठाएको मूल्य अनुसार पेट्रोल लिटरमा ३१, डिजेल ५४ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपियाँ मूल्य बढेर आएको थियो। तर निगमले पेट्रोलमा १५ र डिजेल/मटितेलमा १० रुपियाँ मूल्य बढाएको थियो। मूल्य धेरै बढेर आए पनि निगमले मूल्य स्थिरीकरण कोषबाट व्यवस्थापन गर्ने गरी समायोजन गरेको थियो।

    मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागु गर्ने भनेर निर्णय भइनसकेको जानकारी दिए।

    पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको हो।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले मङ्गलबार निजी व्यवसायीलाई बोलाएर सवारीसाधनमा जोरबिजोर सञ्चालन गर्नेलगायतका विषयमा छलफल गर्न लागिएको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend