बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

सर्वसम्मत रुपमा रास्वपाको संसदीय दलको नेता चयन हुँदै बालेन

सर्वसम्मत रुपमा रास्वपाको संसदीय दलको नेता चयन हुँदै बालेन

images
२०८२ चैत्र ९ गते, सोमवार
२०८२ चैत्र ९ गते, सोमवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने भएको छ।

    images

    त्यसका लागि रास्वपाले चैत १२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक बनस्थलीस्थित घण्टी घरमा बस्ने तय भएको छ।

    images

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शाहलाई उक्त बैठकबाट सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने विषयमा निर्णय हुनेछ। त्यसपछि संसदीय दलको बैठकले शाहलाई दलको नेता बनाउनेछ। सोही दिन प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको शपथ तोकिएको छ।

    रास्वपाले प्रतिनिधि सभा निर्वाचन अघिनै वरिष्ठ नेता शाहलाई पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरिसकेको छ। उनी चैत १२ गते संसदीय दलको नेता चयन हुने छन् भने चैत १३ गते उनले प्रधानमन्त्री पदको शपथ लिने तयारी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend