बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नेपाली कांग्रेसको बदलिँदो आन्तरिक समीकरण, सात मध्ये पाँच प्रदेश सभापति गगन पक्षमा

नेपाली कांग्रेसको बदलिँदो आन्तरिक समीकरण, सात मध्ये पाँच प्रदेश सभापति गगन पक्षमा

images
२०८२ चैत्र ८ गते, आइतवार
२०८२ चैत्र ८ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देशका सात प्रदेश मध्ये पाँच प्रदेशका पार्टीका सभापति सहभागी भएका छन्।

    images

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समिक्षा र सभापति गगन कुमार थापाको राजीनामा लगायतका एजेन्डामा छलफल जारी छ।

    images

    यो कार्यसमिति बैठकमा यसअघि सहभागी नभएका कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव, बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्र बानियाँ आजको बैठकमा सहभागी भएको कांग्रेस नेता शंकर तिवारीले फेसबुकमा उल्लेख गरेका छन्। यी तीनै जना प्रदेश सभापति यसअघि विषेश महाधिवेशनको पक्षमा थिएनन्।

    विशेष महाधिवेशनमा कांग्रेसका गण्डकी  र लुम्बिनी प्रदेश कार्यसमितिका सभापतिहरू मात्र सहभागी भएका थिए। अहिले चालु केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका सभापति सुक्रराज शर्मा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन पनि सहभागी छन्।

    नेता तिवारी सामाजिक संजालमा लेख्छन्, `यसबाट सात प्रदेश कार्यसमितिका सभापतिमध्ये ५ प्रदेश कार्यसमितिका सभापतिहरू विशेष महाधिवेशनको लाइनमा उभिएको प्रमाणित हुन्छ।´

    गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend