मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सफारी रुटमा अलपत्र परेका २८९ जनाको सेनाले गर्‍यो उद्धार

सफारी रुटमा अलपत्र परेका २८९ जनाको सेनाले गर्‍यो उद्धार

images
२०८२ चैत्र ७ गते, शनिवार
२०८२ चैत्र ७ गते, शनिवार
  • काठमाडौँ। नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने सौराहा घाट-घडियाल प्रजनन केन्द्र सफारी रुटमा अलपत्र परेका २८९ जना पर्यटकको उद्धार गरेको छ।

    images

    चैत्र ६ गते शुक्रबार आएको हावाहुरी तथा बर्षातका कारण चितवन राष्ट्रिय निकुञ्जको सौराहा घाट-घडियाल प्रजनन केन्द्र सफारी रुटमा अलपत्र परेका २८९ जना स्वदेशी तथा विदेशी पर्यटकहरुको सेनाले उद्धार गरेको हो।

    images

    उनीहरूलाई नयाँ गोरख गणबाट खटिएको टोलीले सकुशल उद्धार गरेको सेनाले जनाएको छ। 

    शुक्रबार देशभर मौसममा बदली हुँदा देशका विभिन्न स्थानमा असर पुगेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend