मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सातै प्रदेशमा पानी पर्ने, चट्याङ र असिनासहित हावाहुरीको पनि सम्भावना

सातै प्रदेशमा पानी पर्ने, चट्याङ र असिनासहित हावाहुरीको पनि सम्भावना

images
२०८२ चैत्र ७ गते, शनिवार
२०८२ चैत्र ७ गते, शनिवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ।

    images

    बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    शनिबा दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

    राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  वर्षा/हिमपातको सम्भावना रहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend