बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

images
२०८२ चैत्र ६ गते, शुक्रवार
२०८२ चैत्र ६ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ।

    images

    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।

    images

    सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको जानकारी दिए।

    उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए।

    गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए। बैठकबाट राजिनामा अस्वीकार भएपछि थापाको सभापति पद कायम भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend