बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

तराईमा प्रति घण्टा ६० किलोमीटरको गतिमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह

तराईमा प्रति घण्टा ६० किलोमीटरको गतिमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह

images
२०८२ चैत्र ६ गते, शुक्रवार
२०८२ चैत्र ६ गते, शुक्रवार
  • काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले आज मुलुकका तीन प्रदेशमा तिव्र हावाहुरीको जोखिम रहेको अनुमान गरेको छ।

    images

    महाशाखाले हावाहुरी सम्बन्धित अध्यावधिक सूचना (२०८२ चैत्र ०६ गते बिहान ११ः०० बजे) जारी गर्दै आज चैत्र ०६ गते (शुक्रबार) मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरी ( करिब ५०-६० किमि/घण्टा) चल्ने सम्भावना रहेको जनाएको हो।

    images

    हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ। 

    महाशाखाले यो प्रणाली महाशाखाबाट निरन्तर अनुगमन भइरहेको र सोही अनुसार नियमित रूपमा अध्यावधिक गरिने पनि बताएको छ।

    महाशाखाले अध्यावधिक मौसमी सुचनाको जानकारी लिन समेत अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend