बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश

राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश

images
२०८२ चैत्र ५ गते, बिहिवार
२०८२ चैत्र ५ गते, बिहिवार
  • काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ।

    images

    राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

    images

    सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे।

    उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे।

    “फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,” राष्ट्रपति पौडेलले प्रतिवेदन बुझ्दै भने।

    आयोगले आजै समानुपातिक तर्फबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्यहरुलाई पनि निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो। त्यसपश्चात आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाएसँगै निर्वाचनको सबै प्रक्रिया पूरा भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend