मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिउँसो चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना

दिउँसो चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना

images
२०८२ चैत्र ५ गते, बिहिवार
२०८२ चैत्र ५ गते, बिहिवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    आज देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

    यसैगरि कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागलगायत  सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना छ।

    यस्तै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल रहने महाशाखाले जनाएको छ।

    यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend