बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

सभापति पदबाट गगन थापाको राजीनामा

सभापति पदबाट गगन थापाको राजीनामा

images
२०८२ चैत्र ५ गते, बिहिवार
२०८२ चैत्र ५ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिएका छन्।
     
    प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रो पराजय ब्यहोरेपछि थापाले सभापतिबाट राजीनामा दिएका हुन्। उनी आफू पनि निर्वाचनमा सर्लाही ४ बाट पराजित भएका थिए।

    images

    कांग्रेस स्रोतका अनुसार थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। 

    images

    निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेपछि थापामाथि राजीनामा दिन दबाब थियो।

    चुनावी नतिजापछि थापाले राजीनामा दिन उपसभापति शर्मासँग परामर्श गरेका थिए। त्यसपछि शर्माको सुझावपछि उनी रोकिएका थिए। 

    थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए। थापाले दिएको राजीनामाबारे केन्द्रीय समिति बैठकले निर्णय लिनेछ। केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend